पद्म नर्सिङ्ग होम नदिपुरले सत्यता सहकारीलाई उपचारमा छुट दिने

पाेखरा | बैशाख १६, २०८०

पद्म नर्सिङ्ग होम नदिपुरले सत्यता सहकारीलाई उपचारमा छुट दिने

पोखरा:   पद्म नर्सिङ्ग होम प्रा.लि.ले सत्यता बचत तथा ऋण सहकारी संस्था लि.का सेयर सदस्यलाई उपचारमा छुट प्रदान गर्ने भएको छ । 


पोखरा –३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रा.लि.ले  पोखरा – २६ मा कार्यालय रहेको सत्यता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यलाई नर्सिङ्ग होममा उपचार गराउदा बिशेष छुट सुबिधा उपलब्ध गराउने सम्झौता गरेको हो ।  


दुबै संस्था बिच शुक्रबार उपचारमा छुट सुबिधा दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नर्सिङ्ग होमको तर्फबाट प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला र सहकारीका तर्फबाट अध्यक्ष निकिता सुबेदीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । 


सम्झौता अनुसार नर्सिङ्ग होमले सहकारीका शेयर सदस्यहरुलाई बहिरंग (ओपिडी) सेवा बाहेकका अन्य उपलब्ध सेवाहरुमा २० प्रतिशत र ओैषधीमा ५ प्रतिशत छुट दिने पद्म नर्सिङ्ग प्रा.लि. सहायक ब्यवस्थाक नरेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छुट सेवा प्राप्त गर्नका लागि नर्सिङ्ग होमले उपलब्ध गराएको सहुलियत कार्डमा सहकारीको आधिकारीक व्यक्तीले प्रमाणीत गरेर पठाउनु पर्ने छ । सम्झौतालाई आवश्यकता अनुसार परिमार्जित गरेर हरेक बर्ष नवीकरण गर्न सकिने नर्सिङ्ग होमले जनाएको छ । 


सम्झौतामा हस्ताक्षर गर्दै नर्सिङ्ग होमका प्रबन्ध निर्देशक बास्तोलाले आफ्नो संस्था नाफा मुलक मात्रै नभई सेवा भावलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको भन्दै सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने लक्ष लिएको बताउनुभयो । आफुहरुको परिवारको सदस्यको रुपमा सत्यता सहकारी थपिएको र आगमी दिनमा छुट सुबिधालाई थप गर्दै लगिने प्रतिबद्धता पनि उहाँ व्यक्त गर्नुभयो ।सहकारीका अध्यक्ष सुबेदीले आफ्नो संस्था संग नर्सिङ्ग होमले सहकार्यको सुरुवात गरेकोमा खुसी व्यक्त गर्दै नर्सिङ्ग होमको थप प्रगतिको कामना गर्नुभयो । 


बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा.लि. गत असोज देखि पोखरा –३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट संचालनमा आएको थियोे । 


हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धि रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायतका बहिरंग (ओपिडी) सेवा संचालनमा छन् । यस्तै अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआईसियु , एक्सरे ,भिडियो एक्सरे, इण्डोस्कोपी, कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगयतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।
 

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।   रिपोर्टका अनुसार, सुरुमा द...

थप पढ्नुहोस्